२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गोगोरो स्कुटर अब झनै मुल्यवान: नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले, नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीकालागि BuyBack Guarantee (बाइब्याकग्यारेन्टी) कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउँदै नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ।

यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित resale value दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । यो कार्यक्रम २०८२ साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ र यस अन्तर्गत गोगोरोले अब आफ्ना smart scooters किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर (जुनपहिले पुग्छ) अवधिभित्र रु १ लाखको Buy Back value ग्यारेन्टी गर्नेछ। विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्य चिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो, जसले resale value घटाउँछ।

तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ। परम्परागत ईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमा ग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्‍चालित ब्याट्री swap station मा swap गर्ने (charge सकिएको battery राखे full charge भएको battery लिने) हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याक ग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ।

“गोगोरो नेपालको यातायातको भविष्य हो” नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवीशाहले भने,“सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेका थियौं। आज हामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं।”

नाइमामा विशेष अफरहरू:

बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले नाइमा (NAIMA) अटो शोमाकेहीआकर्षक अफरहरू पनि लिएर आएको छ ।

· दशैं अफरको सुरुवातः NAIMAमा गोगोरोले दशैं विशेष स्किम पनि घोषणा गर्दैछ । जसमा ब्याट्री स्वाप प्रणालीमा आउनचाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइनेछ।

· ब्याट्री स्वापलाइभ डेमोःआगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वाप प्रविधि प्रत्यक्ष रूपमाअवलोकन र अनुभव गर्न सक्नेछन्।

· अप्टिमाइज गरिएको स्वाप स्टेशन प्रदर्शनः गोगोरोको काठमाडौं भरका ४५ वटा स्वाप स्टेसनहरूलाई अब अझ छिटो सेवा दिन र भरपर्दो बनाउन अप्टिमाइज गरिएको छ।

· अपग्रेड गरिएको JEGO स्कुटर प्रदर्शनः यहाँहरू हालसालै अपग्रेड गरिएको JEGO स्कुटरको सुरुमै अवलोकन गर्नेहरू मध्येमापर्न सक्नु हुनेछ किनकि अपग्रेड गरेपछि यो पहिलोपटक सार्वजनिक रुपमा प्रदर्शन हुँदैछ।

गोगोरोले पूर्वाधारमा गरेको लगानी, ग्राहक केन्द्रित प्रविधि, ब्याट्रीमा lifetime ग्यारेन्टी र long–term value assurance सहितको बलियो संयोजनमार्फत् नेपालमा विद्युती ययातायातको क्षेत्रमा नयाँ बेन्चमार्क बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ