२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पवन सर्राफ १५ लाखमा कर्णाली याक्समा अनुबन्धित, अन्य कुन खेलाडी कतिमा बिके ?

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पवन सर्राफ कर्णाली याक्समा अनुबन्धित भएका छन् । उनी १५ लाख रुपैयाँमा गोलाप्रथाबाट कर्णाली याक्समा अनुबन्धित भएका हुन् ।

क्याटोगोरी ए का पवनको न्यूनतम रकम १० लाख रुपैयाँ रहको थियो । उनीमाथि कर्णाली याक्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, चितवनले बोली लगाएका थिए ।

शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा साहिल पटेल विराटनगर किंसमा अनुबन्ध गरेको छ । उनलाई विराट नगरले ५ लाख रुपैयाँमा किनेको हो ।

त्यस्तै, क्रिकेटर टेकबहादुर रावतले सुदुरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । उनलाई सुदुरपश्चिमले न्यूनतम बोली २ लाख रुपैँयामा किनेको हो उनी क्याटागोरी सी मा थिए ।

सचिन भट्ट जनकपुर बोल्टस्‌मा अनुबन्ध भएका छन् । उनी न्यूनतम मूल्य २ लाखमा अनुबन्ध भएका हुन् ।

त्यस्तै, उत्तम थापा मगर एनपीएलको दोस्रो सिजनका लागि काठमाण्डू गोर्खाजमा अनुबन्ध भएका छन् । क्याटोगोरी सी का उनीमाथि ३ लाख बोली लागेको हो ।

दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् । अक्सनमा कुल तीन क्याटागोरी छन् ।

जसअनुसार क्याटागोरी ‘ए’ मा नौ जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन् । यसअघि क्यानले अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो । तर पछि १४ खेलाडी थपिएका छन् ।

https://sunaulonepal.com/content/376559/

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट