२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बाल सुधार गृहमा झडप : भागेको आशंका गरेका सबै कैदी भित्रै रहेको पुष्टि

बुधवार , श्रावण २८, २०८२

विराटनगर । विराटनगरस्थित बाल सुधार गृहमा प्रहरी र कैदी बालबालिकाबीच बुधबार भएको झडपका क्रममा केही भागेको आशंका गरिए पनि सबै २४९ जना भित्रै रहेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्पष्ट पारेका छन् ।

उनका अनुसार, प्रारम्भमा केही भागेको आशंका गरिएको थियो । तर गणना गर्दा सबै २४९ जना ‘बाल बिज्याईँ गर्ने’ अर्थात् (अपराध पुष्टि भई सजाय काटिरहेका) भित्रै रहेका छन् ।

सुधार गृहका प्रमुख गायत्रीप्रसाद ढकालका अनुसार, विवादको सुरुवात एक बालकले सुर्ति सेवन गरेको आशंकामा प्रहरीले चेकजाँच सुरु गरेपछि भएको हो । सो क्रममा प्रहरीमाथि केही कैदी बालबालिकाले आक्रमण गर्दै झडपमा उत्रिएका थिए ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । झडपका क्रममा एक प्रहरी घाइते भई कोसी अस्पतालमा उपचार गराइएको छ ।

सुरक्षा अवस्था नियन्त्रण लिन चारै सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा पुगेका छन् । सुधार गृह प्रशासनका अनुसार, १८ वर्ष नाघेका केही युवाहरूले वातावरण बिगार्ने गतिविधि गरिरहेका छन् ।

हाल सुधार गृहमा १२ देखि ३२ वर्ष उमेर समूहका २४९ जना कैदी राखिएका छन् । तर यसको क्षमता ५० जनामात्र भएकाले व्यवस्थापनमा चुनौती आएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट