२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बिषादीरहित कृषि उत्पादन गर्नुपर्नेमा मन्त्री पाठकको जोड, स्वस्थ्य भएमात्र दक्ष बन्न सक्ने उनको भनाई

शुक्रवार , श्रावण ३०, २०८२

बागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वस्थ्य नागरिक बन्नका लागि बिषादीरहित कृषि उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । उनले नागरिक स्वस्थ्य भएमात्र दक्ष नागरिक बन्न सक्ने भन्दै बिषादीरहित कृषि उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन् ।

बागलुङस्थित कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले आयोजना गरेको गत आर्थिक वर्षको समीक्षा तथा चालु वर्षको कार्यक्रम सार्वजनिकीकरणमा मन्त्री पाठकले कृषि फसलहरु बिषादीरहित बनाउने काममा सबैको चासो र पहल हुनुपर्ने बताए । जिल्लाभित्रै कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्न सकेमा बिषादीको मात्रा कम हुने उनको धारणा छ ।

भारतबाट आएको तरकारीको हिस्सा पहाडसम्म पुग्दा बिषादीको उपभोग बढेकोले नागरिकहरुमा नसर्ने लागयतका रोगको प्रकोप बढेको मन्त्री पाठकको भनाइ छ । उनले मौलिक प्रकारका कृषि उत्पादन बढाउने, निर्यातमुखी उत्पादन गर्ने र राज्यले पनि त्यस्ता उत्पादनमा सहुलियत र अनुदान दिने व्यवस्था हुँदा युवा पनि आर्कषित हुने बताए । कृषि पेशा गर्ने युवालाई सम्मान गर्नुपर्ने समेत उनको धारणा थियो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले कृषि क्षेत्रमा प्रविधि र प्राविधिक राज्यले दिनुपर्ने र नागरिकले मेहेनत गरेर उत्पादन बढाएमा आयात प्रतिस्थापन हुने बताए । चालु वर्ष जैमिनी नगरपालिकाले कृषि क्षेत्रमा बजेट प्रसस्त विनियोजन गरेको तर काम गरिदिने किसानको अभाव हुन लागेको बताए । नगरपालिकामा चालु वर्ष कृषि क्षेत्रमा १ करोडबढी बजेट विनियोजन भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले कनिका छरेको बजेटले उत्पादन हुन नसक्ने बताए । उनले ठोस उत्पादनका लागि राज्यको लगानी केन्द्रीत गर्ने भन्दै आयात प्रतिस्थापन गर्ने खालको उत्पादनमा लगानी गर्ने बताए । उनले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लक्षित कृषि कार्यक्रम अगाडि बढाउने उनले बताए । अहिले पनि पोखराको मण्डीमा ६० प्रतिशत भारतको तरकारी आउने गरेको देखेपछि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने लक्ष्यमा मन्त्रालयले योजना बनाएको बताए । त्यसका लागि किसानले पनि साथ दिनुपर्ने रेग्मीको भनाइ थियो ।

जिल्लाका १० पालिकासहित कृषि, भेटेनरी र परियोजनाका बजेटले चालु आर्थिकवर्ष झण्डै ५० करोड रकम बराबरको कार्यक्रम तथा योजनाहरु संचालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट