२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई मेडिप्लस हस्पिटलमा १० देखि २५ प्रतिशतसम्म छुट

शुक्रवार , श्रावण ३०, २०८२

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकको तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत एन.बि.सि.ओ. राजु राना मगरले समझदारी पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

विशेष गरी बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।

मेडिप्लस हस्पिटलले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ । प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटलबीच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार