२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

शनिवार , श्रावण ३१, २०८२

काटमाडौं । नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल बंगलादेश ‘ए’ सँग २९ रनले पराजित भएको हो ।

समूह चरणको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो ।

बंगलादेश ‘ए’ ले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्ल ५९ र नन्दन यादव १४ रनमा नटआउट रहे । ओपनर कुशल भुर्तेल १२ र आशिफ शेख २८ रनमा आउट भए ।

नेपालविरुद्ध बंगलादेश ‘ए’ का रकिबुल हसनले ३ विकेट झारे । त्यस्तै रिपोन मन्डल र तोफइल अहमदले एक विकेट आफ्‌नो नाममा गरे ।

त्यसअघि अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड टु मा टस जितेर ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि रिजन ढकालले २ विकेट झारे । करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट आफ्‌नो नाममा गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट