२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दीपलको 'उड्ने कार' काठमाडौं ल्याइयो, नाडा अटो शोमा राखिने

आइतवार , भाद्र १, २०८२

काठमाडौं । यही भदौ ३ गतेदेखि आयोजना हुने ‘नाडा अटो शो २०२५’मा प्रदर्शन गरिने दीपलको उड्ने (फ्लाइङ) कार काठमाडौं आइपुगेको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले दिएको जानकारी अनुसार ‘ई-भोल्ट’ कार शनिबार बेलुका काठमाडौं आइपुगेको हो ।

उक्त कार चीनबाट गाडीमा ल्याइएको थियो । कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको इकुमा पहिरोले सडक अवरुद्ध भएपछि करिब १५० मिटर भरिया लगाएर बोकाइएको थियो भने तातोपानी भन्सारबाट पुनः गाडीमै राखेर काठमाडौं ल्याइएको हो ।

नेपालमा पहिलो पटक उड्ने कार ल्याइएको नाडाले जनाएको छ । यो कार अटो शोको मुख्य आकर्षणको रुपमा रहेको छ ।

चांगानले विकास गरेको इलेक्ट्रीक ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर रहेको ई-भोल्ट फ्लाइङ कार ’लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी’ प्रयोग भएको कार हो । साथै, कारमा दीपलले प्रयोग गर्दै आएको फिचरहरू पनि यसमा उपलब्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ