२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टप एण्ड टी–२० मा नेपालको लगातार तेस्रो हार, मेलबर्न स्टार्ससँग ३१ रनले पराजित

सोमवार , भाद्र २, २०८२

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो । मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे ।

जवाफी ब्याटिङमा नेपालले आक्रामक सुरुवात गर्यो । ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन हान्दै नेपाललाई चाहिएजस्तो सुरुवात दिलाएका थिए । उनी आउट भएपछि तेस्रो नम्बरमा ल्याइएका भीम सार्की चलेनन् । उनी एक रनमै आउट भए । त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि बलियो साझेदारी गर्दै नेपालको आशा जगाए ।

तर कप्तान पौडेलले ३१ बलमा ३३ रन बनाएर आउट भएपछि नेपाल फेरि दवावमा पर्यो । यद्यपि, नेपालसँग ब्याटरहरुको कमि थिएन । एक इन्डमा आसिफ टिकिरहँदा अर्को इन्डबाट आक्रमण गर्ने नेपालको रणनीति थियो । तर आसिफ दुर्भाग्यपूर्णरुपमा रनआउट भए । कुशल मल्लसँग तालमेल नमिल्दा उनले एकदमै महत्वपूर्ण समयमा विकेट गुमाउनुपर्यो । आसिफले ४९ बलमा १ छक्का र तीन चौकाको सहयोगले ५३ रन जोडेका थिए ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आक्रमक ब्याटिङ गरेका कुशल भुर्तेल १३ बलमा ४ चौकाको मदतमा २५ रन बनाएर चौथो ओभरमा आउट भए ।

लगत्तै भिम सार्की व्यक्तिगत १ रनमा आउट हुँदा नेपाल ४ ओभरमा ३२–२ को स्थितीमा थियो । त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको इनिङ्स अघि बढाएका थिए ।

मेलबर्न स्टार्स एकेडेमीका लागि अस्टिन अन्लेजार्क र डग वारेनले २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । कप्तान क्याम्पबेल केलावे व्यक्तिगत २ रनमा पहिलो ओभरमै आउट भएपनि ब्लेक र थोमसले दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए । यस्तै २ खेलाडी रनआउट भए । नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश ए सँग पराजित भएको थियो । नेपालले अब होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट