काठमाडौं । यही भदौ ३ गतेदेखि काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको अवसरमा जीरो इमिसन राइड एनले सारथी इकुटरमा २५ हजार नगद छुट दिने भएको छ ।
भदौ ३ गते देखि भदौ ८ गतेसम्म लागु हुने गरी यो अफर सञ्चालन भएको कम्पनीले जनाएको छ । उक्त अटो शोमा कम्पनीले सहभागिता नलिएता पनि ग्राहकहरुको चासो र उत्साहलाई मध्यनजर गर्दै यो अफर सञ्चालन गरेको कम्पनीले जनाएको छ ।
अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. २५ हजार छुट पाउनेछन् । साथै, एक वर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।
यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउनेछन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जसअन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ वर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् ।

यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर इभि भएपनि वा पेट्रोल वाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।
३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको बेट्रि प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ ।
यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।
नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरु मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए । कम्पनीले विगत ६ वर्षदेखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि विक्रि वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस