२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टप एन्ड टी–२० : नेपालले आज होबार्ट हरिकेन्ससँग खेल्दै, नेपालसामु आजको खेल जित्नै पर्ने दबाब

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले मंगलबार आफ्नो चौथो खेल खेल्दैछ।

नेपाली समयअनुसार सोमबार बिहान ११:१५ बजे नेपालले हुरिक्यान्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

होबार्टले ३ खेलमा १ जित निकालेको छ । पहिलो खेलमा एसीटीलाई हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भयो । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् । नेपाल हाल अंकविहीन रहँदै पुछारबाट दोस्रोमा छ ।

नेपालले यसपछि बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट