२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनएमबी बैंकको नयाँ अटो लोन योजना, ७.१३५ ब्याजदरमा व्यक्तिगत सवारी साधन

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । एनएमबी बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३५ को आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् ।

बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ। इलेक्ट्रिक सवारी साधन किन्न चाहेका ग्राहकहरूका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुन सक्छ ।

एनएमबी बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।

यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं  E 24  मा बैंकको तर्फबाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ