२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

अस्ट्रेलियाको काजालिस एरिना पामर्स्टनमा रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

होबर्ट हुरिकेन्स भने दोस्रो जितको खोजीमा छ । उसले यसअघि अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई सात विकेटले हराएको थियो भने मलेबर्न स्टार्स एकेडेमीसँग ६ विकेट तथा नर्दर्न टेरिटोरीसँग दुई विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट