काठमाडौं। आजदेखि भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको 'नाडा अटो शो २०२५' शुभारम्भ भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शोको उद्घाटन गरेका छन् । अटो शोलाई नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको हो । नाडाको इतिहासमा देशको कार्यकारीले अटो शोलाई उद्घाटन गरेको यो पहिलो पटक भएको आयोजकले जनाएको छ ।

यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ ।
नाडा अटो शोको मुख्य आकर्षणको रुपमा हेरिएको नेपालकै पहिलो इभीटोल दीपलको उड्ने ट्याक्सीलाई समेत प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नेछन्। एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिन नाडा अटो शोमा यो गाडी राखेको छ।
प्रतिक्रिया दिनुहोस