२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टप एन्ड टी–२० सिरिज : मेलबर्न रेनेगेड्सलाई नेपालले दियो १४० रनको लक्ष्य

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य दिएको छ ।

आफ्नो पाँचौं खेल खेलिरहेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो । नेपालका कुशल मल्लले सर्वाधिक २९ रन बनाए । आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २७ रन बनाए ।

त्यस्तै, लोकेश बमले २४ रन, भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए ।

रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २–२ विकेट लिए ।

नेपाल हालसम्म खेलेका चार खेलमध्ये तीन खेलमा पराजित हुँदा एक जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट