२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विक्रेताहरूको कदर गर्दै दराज नेपालद्वारा सातौ सेलर सम्मिटको भव्य आयोजना

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपालले ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ आयोजना गरेको छ ।

साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस बर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको छ । यस बर्षको कार्यक्रम अन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो कि नोट प्रस्तुति दिँदै विशेष प्राथमिकताका साथ भने, “दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो । हामी स्थानीय साना तथा मझौला उद्यम (एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं । ‘‘ह्याप्पि सेलिंग’’ मार्फत हामी हाम्रा विक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्न चाहान्छौँ ।”

कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि विक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनिय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए ।

कार्यक्रमको संध्याकालीन सत्रको मुख्य आकर्षणका रुपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो । कम्पनीका अनुसार उनीहरूको लगनशीलता, नवीनता र ग्राहकलाई सदैव पहिलो प्राथमिकता दिने दृष्टिकोणले गर्दा नै उनीहरु दराजमा सफलतापूर्वक व्यापार गर्न सकिन्छ भन्ने कुराको जीवन्त तथा उत्कृष्ट उदाहरणका रुपमा स्थापित गर्न सफल बनेका छन् ।

यस वर्षको दराज सेलर सम्मिटमा पुरस्कार जित्न सफल विजेताहरू को सुची यस प्रकार रहेको छः

- सेलर अफ द ईयर २०२५ : वान प्लस

- मनबाटै नेपाली अवार्ड : त्रीकाया

- टप एसएमई सेलर अवार्ड : स्मार्ट च्वाइस एनपी

- टप ईमर्जिंग सेलर अवार्ड : ग्लेन नेपाल

- दराज राइजिंग एफिलिएट अफ द ईयर : श्रृष्टि सुनुवार

- टप सेलर अफ द ईयर , एफएमसीजी : र्होटो

- फ्ल्याश सेल हिरो, एफएमसीजी : अस्टाबेरी

- क्याम्पेन हिरो, एफएमसीजी : अवीबी

- मोस्ट ईन्गेजिंग कन्टेन्ट क्रिएटर अफ द ईयर : सुक्शिता घिमिरे

- टप सेलर अफ द ईयर, ईलेक्ट्रोनिक्स : अल्टिमा लाइफस्टाइल

- फ्ल्याश सेल हिरो, ईलेक्ट्रोनिक्स : ग्रिन लाईफ एक्स्पेरियन्स

- क्याम्पेन हिरो, ईलेक्ट्रोनिक्स : बिग डिजिटल

- दराज एफिलिएट अफ द ईयर : एकता तन्डुकार

- टप सेलर अफ द ईयर, लाईफस्टाइल : साम प्रोफाइल न्यूट्रिशन नेपाल

- फ्ल्याश सेल हिरो, लाईफस्टाइल : जेम्स स्टोर नेपाल

- क्याम्पेन हिरो, लाईफस्टाइल : आफ्नो पसल

- दराज एक्स्प्रेस सेलर अफ द ईयर : अग्र्यानिक अनलाईन प्रा.लि.

- टप सेलर अफ द ईयर, फेशन : ब्राण्डहाउस

- फ्ल्याश सेल हिरो, फेशन : शप मी

- क्याम्पेन हिरो, फेशन : भ्यान्स

- दराज मार्केटिंग सोल्युशन च्याम्पियन : सेटाफिल

- दराज कस्टमर च्वाइस अवार्ड : ई मेला

दराज नेपालले यस अवसरलाई विक्रेताको उपलब्धि मात्र नभई, भविष्यका सहकार्य र साझा सफलताका लागि नयाँ अध्यायको सुरुवातको रुपमा समेत प्रस्तुत गरेको देखिन्छ । कम्पनीले आगामी दिनमा पनि आफ्ना विक्रेताहरूको दिगो वृद्धिमा सशक्त बनाउँदै नेपालको ई–कमर्स उद्योगलाई अझ सबल बनाउन निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गरेको छ ।

दराज ग्रुपका बारेमाः

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार