२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सामसङ इनोभेसन क्याम्पस : ५६ विद्यार्थीले सके कोडिङ र प्रोग्रामिङ कोर्स

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । सामसङले सञ्चालन गरेको सामसङ इन्नोभेशन क्याम्पस अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्स सकाएका ५६ विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेिएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ इन्स्टिच्युट पुल्चोक क्याम्पसमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्याल, क्याम्पस प्रमुख प्रा. डा. संजय उप्रेतीलगायतको उपस्थितिमा प्रमाणपत्र वितरण गरिएको हो।

यो अभियान अन्तर्गत विद्यार्थीलाई एआई, इन्टरनेट अफ थिङ्स, बिग डाटा र कोडिङ–प्रोग्रामिङ जस्ता सीपमा दक्षता दिलाएको थियो। यो कार्यक्रममा विद्यार्थीहरुले सामाजिक महत्वका परियोजनामा पनि आफ्ना सीप प्रयोग गरि वास्तविक चुनौती समाधान गर्ने प्रयास गरेका थिए।

सामसङ नेपाल कार्यालयका मानव स्रोत प्रबन्धक जयन्त मणि कायस्थले कार्यक्रममा भने, ‘कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी खुसी छौं। सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको छ। त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी एआई, बिग डेटा रआइओटीको तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीको लागि तयार गर्न लक्ष्य राखेका छौं।’

यस्तै, इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रो. डा. सुशील बी. बज्राचार्यले भने, ‘नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौं। कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सराहना मिलेको छ र हामी हाम्रा विद्यार्थीहरूको लागि भविष्यको प्रविधि सिकाइको दायरा अझ बिस्तार गर्न चाहन्छौं।’

डिसेम्बर २०२२ मा सुरु गरिएको सामसङ इन्नोभेशन क्याम्पसबाट हालसम्म सयभन्दा बढी विद्यार्थीले तालिम प्राप्त गरिसकेका छन्। यसपटकको ब्याचपछि नयाँ समूहले एआई, बिग डाटा र आइओटीमा प्रशिक्षण सुरु गर्ने सामसङले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार