२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टप टी–२० शृङ्खला : नेपाल र पाकिस्तान शाहिन्स मैदानमा, सेमिफाइनल प्रवेशका लागि नेपाललाई जित्नैपर्ने दबाब

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानशाहिन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानशाहिन्सबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ। जसमध्ये दुई खेलमा विजयी हुँदा तीन खेल गुमाएको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो।

चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ। चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको नेपाले पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ।

सिरिजमा सहभागी ११ टिममध्ये अंक तालिकाको सातौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ। चार अंकसहित तालिकाको सातौं स्थानको नेपालले पाकिस्तानलाई पराजित गरेमा सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना कायम रहन्छ। ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको पाकिस्तान विजयी भए नेपाल समूहचरणबाट बाहिरिने छ।

समूहका शीर्ष चार टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट