२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पाकिस्तान शाहिन्सविरुद्ध बलिङ गर्दै नेपाल

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु भएको छ । पाकिस्तान शाहिन्सका कप्तान इरफान खानले टस जित्दै नेपाललाई पहिलो बलिङको निम्तो दिए ।

डार्बिनको मरारा क्रिकेट मैदानमा खेल हुँदैछ । जारी शृङ्खलामा यसअघि नेपालले खेलका पाँच खेलमा तीनमा हार र दुईमा जित दर्ता गरेको छ ।

नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो ।

कुल ११ टोली सहभागी प्रतियोगितामा ६ लिग खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाल हाल पाँच खेलमा चार अंकका साथ सातौ स्थानमा छ । पाकिस्तान समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट