काठमाडौं । साहित्यकार विन्दु अधिकारी ढकाल र भगवती अधिकारी सेडाईद्वारा सम्पादित एवम् प्रकाशित 'आमाका पाइला' कृतिको एक समाहरोहबीच लोकार्पण गरिएको छ ।
शनिबार भक्तपुरको राधेराधेस्थित रावलधाइमा आयोजित कार्यक्रममा पूर्व मन्त्री एवम् साहित्यकार शंकरप्रसाद कोइराला प्रमुख अतिथिको रुपमा उपस्थित थिए । आमाका पाइलालाई कृति समालोचना साहित्यकार कुलप्रसाद पराजुलीले लोकार्पण गरे ।

कवि बालकृष्ण अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीको जीवन संघर्षमा आधारित रहेर तयार पारिएको आमाका पाइला कृतिमा विभिन्न २६ वटा लेख रचना रहेका छन् ।
लक्ष्मी अधिकारीको जीवनमा आइपरेका सुखद दुःखद क्षण, उनले गरेको संघर्ष, समाजमा पुऱ्याएको योगदान, दिएको संस्कार र मार्ग दर्शन समेटिएको यो कृतिले भावी सन्तनीलाई महत्वपूर्ण प्रेरणा मिल्ने कार्यक्रमका वक्ताहरुले उल्लेख गरेका थिए । साहित्यकार देवी घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्वको संस्कृति झल्किने संगिनी नृत्य पनि प्रस्तुत गरिएको थियो ।

बुवाको मुख हेर्ने दिनको संयोग पारेर आयोजना गरिएको कार्यक्रममा ६ जना असि वर्ष नाघेका जेष्ठनागरिकहरुलाई 'बुबा सम्मान' प्रदान गरियो। साथै कृतिमा लेख रचना गर्ने स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो । सीताराम पलमकुमारी फाउण्डेसनका अध्यक्ष अधिवक्ता विश्वमणी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रकमा तीज नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पूर्व मन्त्री टंक ढकाल, प्राध्यापक डा.विनोद लुइटेल, पत्रकार शिवकुमार भट्टराईसमेतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस