२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) सँगको दोस्रो अभ्यास टी–२० खेल पनि जितेको छ । नेपालले एसीटीलाई ६ विकेटले हराएको हो ।

एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३–२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपलका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित ४२ रन बनाए भने गुल्शन झाले २३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४–४ विकेट र रोहित पौडेल र गुल्शन झाले १–१ विकेट लिएका थिए ।

त्यस्तै, यसअघि केहीबेर अघि भएको पहिलो अभ्यास खेलमा नेपालले ४१ रनले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट