२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अस्ट्रेलियामा दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । अस्ट्रेलियामा बिहीबार भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग ३ रनले पराजित भएको छ ।

साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले १५७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुपेश सिंहले ३७ रन बनाए । लोकेश बमले ३२ रन बनाए ।

त्यसअघि पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।

बलिङमा नेपालका रुपेश सिंह र करण केसीले समान २–२ विकेट लिए ।

आजै भएको पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट