२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

साफ यु–१७ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छभने तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ ।

घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट