काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले एक दिवसीय अभ्यास म्याचमा साउथ अष्ट्रेलियालाई २ विकेटले हराएको छ ।
शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे । पौडेलले अविजित १०१ रन बनाए । सोमपाल कामी ४० रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो । साउथ अस्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए । दुवित हूगानबोजमले ५३ रन बनाए ।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले ११ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस