२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल ‘ए’ ले जित्यो भारतको गुवाहाटीमा सम्पन्न आसामविरुद्धको टी–२० सिरिज

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी–२० सिरिज नेपाल ‘ए’ले जितेको छ ।

सोमबार भएको अन्तिम खेलमा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराएको हो । यससँगै नेपालले शृंखला ३–२ ले आफ्नो हातमा पारेको हो ।

बिहीबारदेखि सुरु भएको शृंखलामा आज अन्तिम तथा निर्णायक खेलमा नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो ।

आसामका भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाए । त्यस्तै, साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५ रन बनाए भने सौरभ दिहिगाले १७ रन बनाए ।

बलिङमा नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २–२ विकेट लिए । बसिर अहमदले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

ब्याटिङमा नेपालका सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । ‍शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन बनाए ।

बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २–२ विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट