२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

घाइते भएका ‘जेनजी’हरुको उपचारमा खटिइन् रास्वपा सांसद डा. तोसिमा कार्की

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्की नयाँ बानेश्वरमा प्रहरी दमनबाट घाइते भएका जेनजीहरुको उपचारका लागि खटिएकी छिन् ।

चिकित्सक समेत रहेकी उनी घाइतेलाई उपचारका लागि सिभिल अस्पतालमा खटिएकी हुन् ।

सिभिल अस्पताल पुगेर चिकित्सकको एप्रोन ड्रेस लगाएर डा. कार्की उपचारमा संलग्न रहेकी छिन् ।

जेनजीहरुले भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध प्रदर्शन गरेका हुन् । उक्त प्रदर्सनमा नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा प्रहरीको दमन हुँदा अहिलेसम्म १८ जना प्रदर्सनकारीको मृत्यु भईसकेको छ । त्यस्तै धेरै घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट