२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मैत्रीपूर्ण फुटबल खेल रद्द भएपछि बङ्गलादेशी फुटबल टोली स्वदेश फर्कियो

बिहिवार , भाद्र २६, २०८२

काठमाडौँ । अन्तर्रास्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली आज स्वदेश फर्किएको छ ।

बङलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोलि ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश साहले जानकारी दिए । मङ्गलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण रोकिएको थियो ।

यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको थियो । त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट