काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत समूह ‘ए’मा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । यूएईमा आइतबार राति ८ः१५ बजे खेल सुरु हुनेछ ।
समूह चरणमा एक–एक खेल खेलेका दुवै टोलीले दुई–दुई अंक जोडेका छन् । रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तानले ओमानमाथि ९३ रनको जित निकालेको थियो ।
यसपटक एसिया कपमा दुई समूहमा विभाजित आठ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस