२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आन्तरिक व्याडमिन्टन प्रतियोगीता २०८२ बुधबारबाट सुरु

बुधवार , आश्विन १, २०८२

काठमाडौं । देवीनगर क्लवको आयोजनामा आन्तरिक व्याडमिन्टन प्रतियोगीता २०८२ बुधबारबाट सुरु भएको छ ।

काठमाडौंको बानेश्वर–१० मा सुरु प्रतियोगीतामा क्लवका खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगीतामा समूह ए मा ८ र समूह बी मा ६४ टीम सहभागी छन् । प्रतियोगीताको अभिनेता दयाहाङ राईले उद्घाटन गरेका थिए । सो अवसरमा अभिनेता राइले युवाहरुको आन्दोलनका कारण मुलक नयाँ चरणमा प्रवेश गरेको भन्दै लक्ष्य अनुसार सरकार अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतियोगीता असोज ६ गते समापन हुने आयोजकले जनाएको छ । सोहि दिन नै प्रतियोगीताको बिजयीहरुलाई पुरस्तकार बितरण हुने देवीनगर क्लवका अध्यक्ष सुरज कुमार घुन्डेले जानकारी दिए । क्लवले दशैतिहारका अवसरमा हरेक बर्ष आन्तरिक व्याडमिन्टन प्रतियोगीता गर्दै आएको छ । सन २०१५ मा स्थापना भएको क्लवले व्याडमिन्टन खेलको बिकास र प्रवद्र्धनका साथ साामाजिक कार्यमा समेत योगदान दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट