काठमाडौं । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । नेपाली टोली गत शुक्रबार नै युएई प्रस्थान गर्ने तय थियो । तर भिसा समस्याका कारण राेकिएको थियो ।
भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि (सोमबार) त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इिमरेट्स युएईमा नेपाल र वेस्ट इन्डिजबीच युनिटी कप टी–२० आई सिरिज हुँदैछ ।
प्रतिक्रिया दिनुहोस