२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

लुम्बिनी लायन्सले गर्यो नयाँ आधिकारिक वेबसाइट सार्वजनिक

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । लुम्बिनी लायन्सले नयाँ आधिकारिक वेबसाइट www.lumbinilions.com / https://www.lumbinilions.com.np/ औपचारिक रूपमा सार्वजनिक गरेको छ।

नयाँ वेबसाइटलाई नयाँ रातो रङ र सिंह विषयवस्तुमा प्रस्तुत गरिएको छ, जुन टिमको साहस, दृढता र उर्जाको प्रतीक मानिएको छ। यस वेबसाइटमार्फत समर्थकहरूले टिमसँग अझ नजिक अनुभव गर्ने अपेक्षा गरिएको छ।

नयाँ प्लेटफर्ममा नेपाल प्रिमियर लिगका सबै तथ्यांक, खेल तालिका, नतिजा, अभिलेख, समाचार, घोषणाहरू र लेखहरू उपलब्ध हुनेछन्। साथै, यसमार्फत समर्थकहरूले प्रत्यक्ष रूपमा जर्सी तथा अन्य सामग्री खरिद गर्न सक्ने सुविधा पनि पाउनेछन्। यसका लागि लुम्बिनी लायन्सले आधिकारिक साझेदार दराजसँग सहकार्य गरेको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, “हाम्रो नयाँ वेबसाइट मार्फत समर्थकहरू टिमसँग अझ नजिक रहन पाउनेछन् , यो हाम्रो लागि निकै उत्साहपुर्ण कुरा हो। यो प्लेटफर्मले डिजिटल अनुभवलाई सहज, आकर्षक र आधुनिक बनाउनेछ। हामी समर्थकहरूलाई सबै जानकारी, समाचार र सामग्री समयमै उपलब्ध गराउने प्रतिबद्धतामा छौं।’’

लुम्बिनी लायन्सले नयाँ वेबसाइटलाई टिमको गतिविधि, समाचार र सम्पर्कका लागि मुख्य केन्द्रको रूपमा प्रयोग गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट