२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० शृंखला आजदेखि, दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दै

शनिवार , आश्विन ११, २०८२

काठमाडौं । नेपालले पहिलोपटक विश्वकप विजेता टोली वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा प्रतिस्पर्धा गर्न लागेको छ । ‘युनिटी कप’ नामकरण गरिएको यो ऐतिहासिक शृंखलाको पहिलो खेल आज संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रंगशालामा हुँदैछ ।

नेपालले यसअघि कहिल्यै टी–२० ढाँचामा वेस्ट इन्डिजजस्तो टेस्ट राष्ट्रसंग द्विपक्षीय शृंखला खेलेको थिएन । यही कारण यो सिरिजलाई नेपालको क्रिकेट इतिहासकै महत्वपूर्ण माइलस्टोनाका रूपमा हेरिएको छ ।

शृंखलाअन्तर्गत दोस्रो खेल असोज १३ गते र तेस्रो खेल असोज १४ गते राति खेलिने कार्यक्रम छ । लगातार तीन दिनभित्र सम्पन्न हुने यो शृंखला नेपाली टोलीका लागि मनोवैज्ञानिक तथा प्राविधिक तयारीको दृष्टिले महत्वपूर्ण मानिएको छ।

खेल तालिका

पहिलो खेल – २७ सेप्टेम्बर (११ असोज), बेलुका ८:१५

दोस्रो खेल – २९ सेप्टेम्बर (१३ असोज), बेलुका ८:१५

तेस्रो खेल – ३० सेप्टेम्बर (१४ असोज), बेलुका ८:१५

विश्वकप छनोटको पूर्वतयारी

यस टी–२० शृंखलापछि नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट खेल्न ओमान जाने तालिका रहेको छ । त्यसै कारण वेस्ट इन्डिजविरुद्धको खेललाई तयारीका रूपमा उपयोग गर्न नेपाली टोलीले योजना बनाएको छ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले यसअघि शृंखलाबारे दिएको सार्वजनिक अभिव्यक्तिमा टिमको मनोबल उच्च रहेको र खेलाडीहरू कन्डिसनमा अभ्यस्त भइसकेको बताएका थिए । उनले वेस्ट इन्डिजजस्तो सबल टोलीसँगको प्रतिस्पर्धाले नेपाललाई विश्व क्रिकेटमा प्रभाव जमाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ सेख छन् । त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

यता अकिल होसेनको कप्तानीमा रहेको वेष्ट इन्डिज टोलीमा भने फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे र जेसन होल्डर छन् । त्यस्तै अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गरजस्ता खेलाडी रहेका छन् ।

ऐतिहासिक अवसर

वेस्ट इन्डिज दुईपटकको टी–२० विश्वकप विजेता राष्ट्र हो । उससँगको द्विपक्षीय खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो ध्यान तान्ने विश्वास गरिएको छ। खेलाडी छनोटदेखि मैदान व्यवस्थापनसम्म यस शृंखलालाई रणनीतिक रूपमा उपयोग गर्ने तयारी नेपाल क्रिकेट सङ्घ (क्यान) ले अघि सारेको छ।

यो सिरिजलाई नेपाली समर्थक, विज्ञ र अन्तर्राष्ट्रिय क्रिकेट समुदायले ध्यानपूर्वक हेर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट