२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाली कराते टोली मलेसिया जाने

आइतवार , आश्विन १२, २०८२

काठमाडौँ । डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली मलेसियाको क्वालालम्पुर जाने भएको छ ।

मलेसिया कराते महासङ्घको आयोजनामा यही असोज १७ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढामगरले ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे । नेपाली टोली बुधबार मलेसिया जानेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट