२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने

आइतवार , आश्विन १२, २०८२

काठमाडाैं । मनकामना केबलकार प्रालि यस वर्षको महानवमी (असोज १५ गते, अक्टोबर १), विजया दशमी (असोज १६ गते, अक्टोबर २) तथा एकादशी (असोज १७ गते, अक्टोबर ३) का अवसरमा केबलकार सेवा सञ्चालन नहुने भएकाे छ।

यस अवधिमा असुविधा हुन सक्ने भन्दै कम्पनीले सेवाग्राहीहरूलाई क्षमा मागेकाे छ।

त्यस्तै, नियमित सेवा असोज १८ गते (अक्टोबर ४), शनिबारदेखि पुनः सुचारु हुने जानकारी दिएकाे छ। कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेकाे छ।

यस अवसरमा मनकामना केबलकारले सम्पूर्ण सेवाग्राही, व्यवसायिक साझेदार र शुभेच्छुकहरूलाई विजयादशमी तथा बडादशैंको पावन अवसरमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि हार्दिक मंगलकामना व्यक्त गरेकाे छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट