२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

दशैँको अवसरमा युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

मंगलवार , आश्विन १४, २०८२

तनहुँ । भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद उत्सव गरेर युवाहरुबीच आत्मीय सम्बन्ध बढाउने प्रयास गरेको छ । दसैंको अवसर पारेर क्लबले शनिबारदेखि सोमबारसम्म अर्चलेमा खेलकुद उत्सव गरेको हो ।

युवाबीच सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकताको भावना विकास गर्न क्लबले खेलकुद उत्सव आयोजना गरेको क्लबका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । खेलकुद उत्सवअन्तर्गत खुल्ला पुरुष भलिबलको उपाधि भानु नगरपालिका–१ भन्सार युवा परिवारले जितेको छ । फाइनल खेलमा भानु नगरपालिका–१० राइपालीभञ्ज्याङ युवा क्लवलाई पराजित गर्दै भन्सारले भलिबलको उपाधि जितेको हो ।

उपाधिसँगै भन्सारले नगद रु ५० हजार, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राइपालीभञ्ज्याङलाई नगद रु २५ हजार, पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैबीच, खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधि जयापानी महिला समूहले जितेको छ भने अर्चले महिला समूहले उपविजेतामा चित्त बुझाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट