काठमाडौं । वेष्ट इण्डिजविरुद्धको तेस्रो तथा अन्तिम टी–२०आई खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
युएईको शारजाह क्रिकेट रंगशालामा नेपालविरुद्ध वेष्ट इण्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
सुरुवाती दुई खेलमा जित निकाल्दै नेपालले सिरिज एक खेलअगावै आफ्नो पक्षमा पारिसकेको छ । नेपालले वेष्ट इण्डिजलाई पहिलो खेलमा १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।
नेपाललाई यो खेल जित्दै सिरिज क्लिन स्विप गर्ने अवसर छ ।
प्रतिक्रिया दिनुहोस