२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अन्तिम खेलमा नेपाल पराजित, वेस्ट इन्डिज १० विकेटले विजयी

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । यूएईमा जारी युनिटी कप टी–२०आई शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित हो ।

यसअघिका दुई खेलमा शानदार जित निकालेको नेपाल तेस्रो खेलमा हार बेहोर्दै शृङ्खला क्लीन स्वीप गर्न असफल भयो । नेपालले लगातार दुई जित निकालेर शृंखला यसअघि नै आफ्नो नाममा गरिसकेको छ ।

नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्यो । ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए । अकिम अगस्टेले अविजित ४१ रन बनाए ।

आज नेपालका कुनै पनि बलरले प्रभाव पार्न सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा १२२ रन बनाउँदै अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १७ रन बनाए । त्यस्तै, सन्दीप जोराले १४ रन र कुशल मल्लले १२ रन बनाए ।

वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले ४ विकेट लिए भने जेदिया ब्लेड्सले २ लिए । त्यस्तै, जेसन होल्डर र कप्तान अकिल होसेनले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट