काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ ।
आईसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको हो ।
यसअघि वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोली रहेकोमा साहब आलम बाहिरिएका छन् । उनी ट्राभलिङ रिजर्भ खेलाडीका रूपमा रहने छन् ।
टी–२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ ।
यस्तो छ नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी

प्रतिक्रिया दिनुहोस