२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भारतका तीन राज्यले बालबालिकाको मृत्युपछि खोकीको सिरपमा प्रतिबन्ध लगाए

आइतवार , आश्विन १९, २०८२

नयाँदिल्ली, एएफपी । कम्तीमा तीन भारतीय राज्यले खोकीको सिरप सेवनपछि धेरै बालबालिकाको मृत्यु भएपछि उक्त औषधिमा प्रतिबन्ध लगाएको स्थानीय अधिकारीहरू र रिपोर्टहरूले जनाएका छन् ।

मध्य प्रदेश र राजस्थानमा अगस्टको अन्त्यदेखि पाँच वर्षमुनिका कम्तीमा नौ बालबालिकाको मृत्यु उनीहरूलाई दिइएको खोकीको औषधिसँग सम्बन्धित रहेको बताइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार बालबालिकाले सेवन गरेको सिरपको नमूनामा गरिएको प्रयोगशाला परीक्षणले औद्योगिक विलयमा (सोल्भेन्ट्स) प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल (डिइजी) पाइएको छ, जुन सानो मात्रामा पनि सेवन गरेमा घातक हुन सक्छ ।

“नमूनाहरूमा स्वीकार्य सीमाभन्दा बाहिर डिइजी पाइएको छ”, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘कोल्ड्रिफ कफ सिरप’ नामक ब्रान्डमा बिक्री हुने यो उत्पादन दक्षिण भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो ।

“यस सिरपको बिक्री सम्पूर्ण मध्य प्रदेशमा प्रतिबन्धित गरिएको छ”, मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले भने । उनका अनुसार उक्त कम्पनीका अन्य उत्पादनहरूमा पनि बिक्री प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, तमिलनाडु र केरला राज्यका अधिकारीहरूले समेत उक्त सिरपको बिक्रीमा रोक लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हालका वर्षहरूमा भारतमा निर्मित खोकीका सिरपहरू विश्वव्यापी रूपमा विवादमा आएका छन् । सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधि उत्पादनहरू पुनः गम्भीर छानबिनको दायरामा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार