२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भियतनामविरुद्धको एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको विदाई

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न भियतनाम जाने नेपाली राष्ट्रिय फुटवल टोलीलाई विदाई गरिएको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय फुटवल टोलीलाई विदाई गरेका हुन् ।

नेपालले भियतनामसँग असोज २३ र २८ गते दुई खेल खेल्नेछ । नेपालले होम म्याच दशरथ रंगशालामा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला अझै अयोग्य रहेको कारण होम र अवे दुवै खेल भियतनाममा नै खेल्न लागेको हो ।

विदाइ कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटका लागि राम्रो तयारी भएको बताए । यसअघिको बंगलादेशसँग एक मैत्रिपूर्ण खेल राम्रो भएको भन्दै उनले भियतनामबिरुद्ध नेपाली टोली उच्च मनोवलका साथ मैदान उत्रने उल्लेख गरे ।

नेपाली राष्ट्रिय फुटवल टोलीमा आयुष घलान, कृतिश रत्न छुन्जु र सुमित महर्जन फर्किएका छन् । सनिश श्रेष्ठ र विमल पाण्डेले टोलीमा पुनरागमन गरेका छन् भने गोलकिपर विशाल सुनार यसपटकको टोलीमा समावेश भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट