काठमाडौं । मलेसियाविरुद्धको पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा आज नेपाली महिला राष्ट्रिय क्रिकेट टिम प्रतिस्पर्धा गर्दैछ।
सिरिजमा नेपाल दुई–एकले पछाडि रहेको छ। सिरिज बराबरी कायम राख्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ। मलेसियाले जित निकाले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्नेछ।
पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले जित हात पारेको थियो। तेस्रो खेलमा नेपाल १३ रनले पराजित भयो।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीले आज मलेसियाविरुद्ध चौथो खेल जित्दै सिरिज २–२ को बराबरीमा पुर्याउने लक्ष्य राखेको छ।
दुवै टोलीबीचको अन्तिम खेल यही असोज २२ गते हुने छ।
प्रतिक्रिया दिनुहोस