२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टी–२० विश्वकप छनोट: नेपाल आज कुवेतसँग भिड्दै

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम कुवेतसँग भिड्दैछ। नेपालसहित ९ राष्ट्रले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसै समूहमा जापान पनि समावेश छ। नेपाल र कुवेतबीचको खेल बुधबार राति ८:४५ बजे सुरु हुनेछ।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ। नेपालले कुवेतविरुद्ध मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ।

यो छनोटको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ रहेका छन्।

युएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जित्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा उत्रँदैछ।

सन् २०२६ मा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपमा २० राष्ट्रको सहभागिता रहनेछ। हालसम्म १७ टोलीले विश्वकप यात्रा पक्का गरिसकेका छन्। बाँकी तीन स्थानका लागि एसिया क्षेत्रका टोलीहरूबीच प्रतिस्पर्धा भइरहेको छ।

सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन्। सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी विश्वकपमा स्थान बनाउने छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट