काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ।
स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरेको हो ।
वैज्ञानिकहरू सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम। याघीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। उनीहरूले ग्यास तथा अन्य रसायनहरू सजिलै प्रवाह गर्न सक्ने ठूला खाली ठाउँ भएको अणु संरचना निर्माण गरेका हुन् ।

यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, माइकल डेभोरेट, जोन मार्टिनिसलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस