२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टियु क्रिकेट मैदानको अनुगमनमा मन्त्री घिसिङ, छिटो निर्माण सम्पन्न गर्न निर्देशन

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थीत टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

बिहीबार टियु क्रिकेट मैदानको स्थगलत निरीक्षण गर्दै मन्त्री घिसिङले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को मिति नजिकिँदै गएकाले छिटो भन्दा छिटो निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दिएका हुन् ।

टियु क्रिकेट मैदानको प्याराफिट निर्माणको कार्य करिब सकिएको र फ्लडलाइट निर्माणको काम एक महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको मन्त्री घिसिङले बताए ।

उनले मंसिरमा आयोजना हुने एनपिएल अगाडी पहिलो चरणको काम सम्पन्न हुने जानकारी दिए । टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको रहेकाले अब दोश्रो र तेश्रो चरणको काम सुरु गर्न टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भएको उनले बताए । मन्त्री घिसिङले टियु क्रिकेट मैदानको स्तरोन्नतिको काममा बजेटका अभाव हुन नदिने उल्लेख गरे ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अबको दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुने बताए । मंसिर १ गतेदेखि दोस्रो संस्करणको एनपिएल आयोजना गर्न क्यान तयारी अवस्थामा रहेको उनले बताए ।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । सम्झौता अनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर निर्माण कम्पनीले काम गरिरहेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट