२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल सामु जापानले दियो १३२ रनको लक्ष्य

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा जापानले नेपाल सामु १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमान क्रिकेट एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो।

जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा ६० रन जोडे। यस्तै इशम रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए। उनीहरुबीच ८६ रनको साझेदारी भएको थियो।

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी र गुल्सन झाले एक विकेट लिए ।

दुवै टोली यसअघि नै सुपर-६ मा पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट