२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

क्षयरोग नियन्त्रणका लागि सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य छ : कोशी स्वास्थ्यमन्त्री

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले क्षयरोग नियन्त्रणका लागि सरकारको लक्ष्य हासिल गर्न सरोकारवालाको सक्रिय सहयोग अपरिहार्य रहेको बताएका छन् ।

नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको ५५औं जिल्ला सभाको विराटनगरमा उद्घाटन गर्दै मन्त्री राईले क्षयरोगका कारण प्रत्येक वर्ष बिरामी र मृतकको संख्या उच्च रहेकाले सबै पक्ष यसतर्फ संवेदनशील हुनुपर्नेमा जोड दिए ।

उनले सरकारले सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको उल्लेख गर्दै उक्त उद्देश्य पूरा गर्न प्रदेश सरकारबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार, हरेक वर्ष देशभर करिब ७० हजार नयाँ क्षयरोगी थपिने गरेका छन् जस मध्ये करिब ३० हजार उपचारको पहुँचमै नआउने गरेका छन् । विज्ञहरूले एक जना क्षयरोगीले औसत १० जनासम्ममा रोग सार्ने तथ्यांकले स्थिति गम्भीर बन्दै गएको उल्लेख गर्दै घरदैलो अनुसन्धान र सचेतना अभियानलाई तीव्र बनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ