२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने ग्लोबल आइएमई बैंकको घोषणा

आइतवार , आश्विन २६, २०८२

काठमाडौं। ग्लोबल आइएमई बैंकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यो रकम कर प्रयोजनसहित हो।

बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको सधारण सभाबाट पारित भएपछि प्रस्तावित लाभांश पाउनेछन्।

बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट