२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

असन्तुष्ट पक्षद्वारा एन्फाका अध्यक्षको राजीनामा माग

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगाएत असन्तुष्ट पक्षले अध्यक्ष पंकज विक्रम नेम्वाङको राजीनामा माग गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले ए डिभिजन लिगका लागि टीमहरु तयार हुँदा पनि अध्यक्षले लिग सञ्चालनमा उदासीनता देखाएको आरोप लगाए । उनले नेतृत्वले फुटबलको बिकासका लागि गर्नुपर्ने आधारभूत कार्यहरुमा उदासीनता देखाएको, सरोकारवालाहरुको आवाजलाई वेवास्ता गरेको तथा संस्थागत पारदर्शिता कायम गर्न नसकेको बताए ।

दशरथ रंगशालालाई अन्तराष्ट्रिय खेलहरु खेलाउनका आवश्यक मापदण्ड अनुसार योग्य बनाउन एन्फा नेतृत्व असफल भएको उनको भनाइ छ । उनले एन्फाको नेतृत्व एकलौटी ढंगले अघि बढे अर्ली इलेक्सनका लागि दवाव दिने स्पष्ट पारे ।

उनीहरुले एन्फाको साधारणसभाले तय गरेका कार्यक्रमहरुलाई समयमा नै आयोजना गर्न नसकेको, खेलाडीलाई प्रोत्साहनको कामी, अपारदर्शी आर्थिक गतिविधि, अन्तराष्ट्रिय खेल सञ्चालनमा असफलता लगाएतका आरोप लगाएका छन् । खड्काले एन्फाभित्र समस्या उत्पन्न हुँदा अध्यक्ष पंकज नेम्वाङ कसैलाई जानकारी नगराइ साउदी अरब पुगेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट