२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हेल्दी होमद्वारा अत्याधुनिक 'इनबडी 260s' मेसिनको शुभारम्भ, यस्तो छ महत्व

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । वेलनेस र एस्थेटिक ब्रान्ड हेल्दी होमले शरीर संरचना विश्लेषक 'इनबडी 260s' मेसिनको शुभारम्भ गरेको छ।

यो अत्याधुनिक प्रविधिको उद्घाटन हेल्दी होमका जमलस्थित विश्वज्योति मल (तेस्रो तला) र बानेश्वर शाखा दुबै स्थानमा एकैदिन सम्पन्न भएको हो।

उद्घाटन समारोहमा प्रमुख अतिथि डाइटिसियन रुजु खड्का र फिटनेस इन्फ्लुएन्सर कविता खरेलले स्वास्थ्यमा वैज्ञानिक विश्लेषण र प्रविधिको प्रयोगको महत्वबारे बुझाएका थिए ।

हेल्दी होम इन्टरनेशनलका सीईओ मन्दिप भुसालले भने, “इनबडी 260s ले हाम्रो वेलनेस प्रविधिमा नयाँ वैज्ञानिक दृष्टिकोण ल्याएको छ। ९८.६ प्रतिशतसम्मको शुद्धतासहित यसले शरीरको बोसो, मांसपेशी, भित्री बोसो, प्रोटिन मास र खनिज पदार्थको विस्तृत विवरण दिन्छ, जसका आधारमा हामी व्यक्तिगत स्वास्थ्य योजना तयार गर्छौं।”

उक्त कार्यक्रममा अध्यक्ष मोहन भुसालले २० वर्षदेखि हेल्दी होमले नेपालीलाई प्राकृतिक रूपमा स्वास्थ्य सुधारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा अझ वैज्ञानिक र सुरक्षित सेवा विस्तारमा केन्द्रित हुने बताए।

शुभारम्भको दिन निःशुल्क क्ष्लद्ययमथ परीक्षणको व्यवस्था गरेको र एक सातासम्म ५० प्रतिशत छुटको घोषणा गरेको थियो, जुन कात्तिक १ गतेसम्म मान्य रहनेछ।

मार्केटिङ म्यानेजर जोन्सन श्रेष्ठले हेल्दी होमलाई नेपालको नम्बर १ प्रिमियम एस्थेटिक र वेलनेस ब्रान्डका रूपमा स्थापित गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए ।

क्ष्लद्ययमथ द्दटण् मेसिन विश्वभर प्रयोग हुने अत्याधुनिक प्रविधि हो, जसले शरीरको बोसो, मांसपेशी वितरण र पानीको मात्रासमेत मापन गरेर स्वास्थ्य सुधारका लागि सटीक मार्गदर्शन प्रदान गर्छ।

२० वर्षभन्दा बढीको अनुभवसहित हेल्दी होम नेपालमा कोरियन र जापानी लिपोलाइसिस प्रविधिमा आधारित प्राकृतिक बोसो घटाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले ग्राहकलाई एक महिनामा ७ देखि १० किलोसम्म बोसो घटाउन सहयोग गर्ने दाबी गर्छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ