काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालू आवको भदौसम्म वाणिज्य बैंकहरुले २०८१/८२ को सोही अवधिको तुलनामा कम नाफा कमाएका हुन् ।
चालू आवको भदौसम्म वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ग्लोबल आइएमई बैंकको गत आवको तुलनामा ७.२६ प्रतिशतले नाफा घटेको छ ।
त्यस्तै, नविलको नाफा पनि १५.१७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाउँदा कुमारी बैंकले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ कमाएको छ । प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ कमाएको छ भने एनएमबीले १ अर्ब ३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंकको रहेको छ । यस बैंकले यस अवधिमा ३५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, हिमालयन बैंकले ३७ करोड ७ लाख, माछापुच्छ्रेको ४८ करोड २० लाख र एनआईसी एशिया बैंकको ४९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस