२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली महिला फुटबल टोली भारत प्रस्थान

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । भारतमा हुने अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ ।

भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगिता सम्पन्न भएपछि नेपालले भारतसँग एउटा मैत्रीपूर्ण खेल समेत खेल्नेछ ।

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले यही कात्तिक ७ गते इरानसँग पहिलो खेल खेल्नेछ । त्यसैगरी कात्तिक १० गते नेपालले भारतसँग प्रतियोगिताको दोस्रो खेल खेल्नेछ । दुवै खेल सकिएपछि नेपाली टोलीले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

उक्त प्रतियोगिताका लागि विदेशमा व्यवासायिक फुटबल खेलिरहेकी प्रिति राई, सावित्रा भण्डारी (साम्बा), पूजा राई र एन्जिला तुम्बापो सुब्बा नेपाल आएका थिए ।

नेपाली टोलीमा कप्तान सावित्रा भण्डारीसहित अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ छन् । टोलीको प्रशिक्षकमा नवीन न्यौपाने रहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट